Breaking News

सभामुख अग्नि प्रसाद सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

२ चैत, काठमाडौं । संघीय सभाका सभामुख अग्नि प्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामुखको सचिवालयका अनुसार समितिको बैठक आज दिउंसो २ बजेका लागि बोलाइएको हो । यसअघि दुई दिन बसेको प्रतिनिधि सभा बैठक अघि उक्त समितिको बैठक बोलाइएको थिएन ।

परामर्श समितिमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू सहभागी हुनेछन् । परामर्श समितिको बैठकमा दलहरुबीच संसद बैठक सञ्चालनबारे न्युनतम सहमति खोज्नका साथै कार्यसूचीबारे छलफल गर्ने प्रचलन छ ।

यसअघि फागुन २३ र २६ गते दुई दिन प्रतिनिधि सभा बैठक बसेको थियो । जसमा पहिलो दिनको बैठक काँग्रेस र जसपाले अवरुद्ध गरेको थियो भने दोस्रो दिन शोक प्रस्ताव पारित गर्दै सकिएको थियो ।