Breaking News

एमाले उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो समूहको बैठक बोलाए

२ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी खारेजसंगै ब्यूतिएको नेकपा एमालेमा पनि विबाद सृजना भई हाल तीन समूहमा बिभाजित भएको छ । पार्टी अध्यक्ष ओली र माधव नेपाल पक्षबीच चर्को बिवाद भई फुटको संघारमा रहेका बेला अर्को पक्ष एमाले उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो समूहको बैठक बोलाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुको बैठकबाट एमालेका सबै पदाधिकारी खारेज गरेपछि उपाध्यक्ष गौतमले बैठक बोलाएका हुन् ।

गौतमले ओलीको कदमप्रति आपत्ति जनाउंदै सच्याउनुपर्ने अडान लिएका छन् । ‘पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिन बैठक बोलाइएको हो’, गौतम निकट स्रोतले बताएको छ ।

विभाजित नेकपालाई एक बनाउन गौतमले अभियान चलाइरहेका बेला सर्वोच्च अदालतले भने नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएको थियो ।