सेनालाई कोभिड–१९ रोकथाम तथा नियन्त्रणको आवश्यक सामग्री दिन लगत

कदर समाचार
२१ चैत, काठमाडौं । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सामग्री खरिदको जिम्मेवारी सेनालाई दिनु गलत भएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । पौडेलले भने नागरिक सरकारले गर्नुपर्ने काम सेनालाई गर्न दिनु भनेको शुभ लक्षण होइन ।
यो संकटको घडीमा राजनीतिक नेतृत्वले नै निर्णायक भूमिका खेल्नुपर्नेमा पौडेलको जोड छ । आज शुक्रबार वरिष्ठ नेता पौडेलले सेनाले गरेपछि छानबिन पनि नहुने र मन्त्रिपरिषदले निर्णय गरेपछि अख्तियारले पनि हेर्न पाउँदैन, त्यसैले जे गर्दा पनि हुन्छ भन्ने बेइमानीपूर्ण मनोवृत्ति देखिएको अनुमान लगाउनु भएको छ ।