भारतबाट आएको एक व्यक्तिमा पोखरामा कोरोना सातौं संक्रमित फेला

कदर समाचार
२१ चैत, कास्की । कोरोना भाइरसको महामारी विश्वभरी फैलिएको बेला नेपाल पनि त्यसको नियन्त्रणका लागि लकडाउन गरेको ११औं दिनमा कास्कीको पोखरामा कोरोनाका सातौं संक्रमित फेला परेका छन् । कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ । ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि पठाइएको प्रदेश सरकारले जनाएको छ ।