Breaking News

बामदेवलाई फगाउंदै माधव नेपाल पक्ष

काठमाडौं । अध्यक्ष ओलीको हिजोको कदमपछि नेकपा एमाले फुटको संघारमा देखिएको छ । ओलीले हिजो बालुवाटारमा आफूखुसी निर्णय गर्दै माधव नेपाल पक्षीय सबै नेताहरुलाई पार्टीबाट पतच्यूत गरे पछि त्यसको खिलापमा आज नेपाल पक्षले छुट्टैै आफू पक्षीय केन्द्रीय कमिटीको बैठक बसाली पार्टीमा समान्तर कमिटी निर्माण निर्माण गरेसंगै खारेजीमा परेका पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो समूहमा ल्याउनका लागि कसरत गरिरहेका छन् । यसै क्रममा बामदेवलाई भेट्नका लागि नेपाल समूहका नेताहरु बामदेव  गौतमलाई आफ्नो समूहमा सामेल गराउने प्रयास थालेको छ । नेपाल पक्षका स्थायी कमिटी सदस्यद्वारा जारी गर्न लागिएको विज्ञप्तिमा गौतमको पनि हस्ताक्षर गराउने  तयारी छ । त्यसका लागि गौतम निकट मानिने केन्द्रीय सदस्य बलराम बाँस्कोटा उनको निवास भैसेपाटीतिर लागेका
छन् ।

बैठकबाट निस्किएपछि उनले नेपाल पक्षमा गौतमलाई पनि सामेल गराउन भैसेपाटी जान लागेको जानकारी बताइएको छ । ओलीसँग मिल्ने सम्भावना सकिएको गौतम आफैले घोषणा गरेकाले नेपाल पक्षका स्थायी कमिटी सदस्यले जारी गर्ने विज्ञप्तिमा गौतमको पनि हस्ताक्षर हुने उनले विश्वास दिलाए ।