Breaking News

अहिले अवस्था देखेर साथीहरूमा निरास होला, हिम्मतका साथबाट अगाडि बढनुपछ

२९ फागुन, काठमाण्डौ । नेकपा एमाले झलनाथमाधव पक्षीय केन्द्रीय कमिटीको बैठक अहिले चलिरहेको छ । सोही केन्द्रीय कमिटीलाई सम्बोधन गर्ने क्रममा वरिष्ठ नेता माधव कुमार नेपालले केपी ओली प्रवृत्तिविरुद्ध निरन्तर लडिने भन्दै उनको क्रियाकलापले अलिकति पनि विचलित नहुने बताएका छन् ।

काठमाण्डौमा आफू निकटको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको अवस्था देखिएर कसैलाई पनि निराश नहुन आग्रह गरे ।

‘हामी आत्तिएका छैनौँ, आत्तिनु पनि हुन्न् । अहिले अवस्था देखेर साथीहरूमा निरास होला, हिम्मतका साथबाट अगाडि बढनुपर्छ’, नेपालले भने, ‘जनताको अपेक्षा र विश्वास छ । सैद्धान्तिक सोच र धारणाबाट हामी अगाडि बढ्नुपर्छ ।

कसरी आन्दोलन अगाडि बढाउने भन्ने विषयमा चिन्तन मनन गरेर अगाडि बढनुपर्छ । कसरी कम्युनिस्ट पार्टीलाई बलियो बनाउने भन्ने हिसाबले अगाडि बढनुपर्छ’, उनले भने, ‘गलत प्रवृत्तिका विरुद्ध एकजुट हुने बेला हो । हामी विचलित भएर हिँड्ने होइन ।

केन्द्रीय कमिटी अघि नेपाल समूहको स्थायी कमिटी बैठक पनि बसेको थियो । बैठकमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा गरेको निर्णयबारे छलफल भएको थियो ।

वरिष्ठ नेता, माधव कुमार नेपाल