२९ फागुन, काठमाण्डौ । आज बसेको नेकपा एमाले झलनाथ-माधव समूहको स्थायी कमिटी बैठक भरखर सकिएको
छ । बैठकमा हिजो शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा गरेको निर्णयबारे छलफल भएको छ । छलफलले आजै बोलाइएको आफूपक्षीय केन्द्रीय समिति र सांसदहरुको बैठकको एजेण्डा पनि तय गरेको बताइएको छ ।
बैठकपछि नेता रघुजी पन्तले स्थायी कमिटी बैठकमा ओलीको कदमपछिको समग्र विषयमा छलफल भएको र विस्तृत निर्णय केन्द्रीय समिति र सांसदहरुको बैठकबाट गरिने बताए ।
यसैबीच नेपाल समूहको केन्द्रीय कमिटी र सांसदहरुको बैठकस्थल सरेको छ । यसअघि अर्याल होटलमा बैठक बस्ने भनिएकोमा अहिले स्थान सरेर शंखमुलको एक क्याफेमा सारिएको हो ।
हिजो प्रधानमन्त्री ओलीले बालुवाटारमा आफू निकट समूहको सहभागितामा मात्र बसेर नवौं महाधिवेशनबाट चुनिएका अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारीहरूको पद खारेज खारेज गर्नुका साथै जिम्मेवारी हेरफेर गरेका थिए । यस्तै माओवादीमा नफर्किएका रामबहादुर थापा बादल, मणि थापा, टोपबहादुर रायमाझीलगायत नेताहरुलाई ओलीले केन्द्रीय कमिटीमा ल्याउनुका साथै जिम्मेवारी समेत दिएका छन् ।
ओलीको त्यस्ता खालको हर्कतपछि आक्रमण भएको झलनाथनेपाल समूहले आज स्थायी समित बैठक सकेर केही बेरमा केन्द्रीय कमिटीको बैठक बस्दै छ भने, चैत ४ गतेका लागि राष्ट्रिय भेला समेत बोलाइसकेको छ भने समानान्तर कमिटी बनाउने घोषणा पनि गरेको छ । ओलीले पार्टी फुटाउने उद्देश्यका साथ शुक्रबार कदम चालेको भन्दै नेपाल समूहले निर्णय विरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान समेत गरेको छ ।