२९ फागुन, काठमाण्डौ । नेकपा एमाले नेता प्रदीप नेपालले भनेका छन्, एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सिध्याउनेतिर अगाडि बढेको नेता ले बताएका छन् । आफू इतर सबै नेतालाई भूमिकाविहीन बनाएर ओलीले एमाले छिन्नभिन्न बनाएको नेपालले बताए ।
ओलीले एमाले सिध्याएको नेपालको बुझाइ छ । ‘जनताको बहुदलीय जनवादको ठीक उल्टो र निरंकुशता भएर निस्कनुभयो, केपी ओली’, उनले अनलाइनखबरसँग भने, ”कमसेकम बस्नुपर्छ, कुरा गर्नुपर्छ । आफ्नो कुरा राख्नुपर्छ
नि ।
अध्यक्ष ओलीले पार्टी नेताहरुलाई अपमान गरेर निरंकशता देखाएको उनले बताए । ‘उहाँहरु –झलनाथ खनाल, माधव नेपालहरु) लाई अपमान गरे । अब एमाले एउटै हुने सम्भावना नै देख्दिनँ’, नेपालले भने ।
अब एमालेको कुनै गुटमा नरहने पनि उनले बताए । ओलीले खनाल–नेपाल समूहका सवै नेतालाई भूमिकाविहीन बनाउने निर्णय गरेका छन् । ओलीको यो कदम लगत्तै इतर समूहले पनि केन्द्रीय कमिटी सदस्य र सांसदहरुको बैठक बोलाएको छ ।