Breaking News

सत्ता समीकरणबारे छलफल गर्न (जसपा) का नेताहरु माओवादी मुख्यालय पेरिसडाडाँमा प्रवेश

२९ फागुन, काठमाण्डौ । सत्ता समीकरणबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) का नेताहरु माओवादी केन्द्रको मुख्यालय पेरिसडाडाँमा प्रवेश गरेकाछन् । जसपाका नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ पेरिसडाडाँ पुगेका हुन् ।

केही दिन यता जसपाका नेताहरु नेपाली काँग्रेस, माओवादी केन्द्र र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगातार छलफलमा छन् । अदालतको फैसला लगत्तै माओवादी केन्द्र ब्युँतिए पछि प्रधानमन्त्री ओली अल्पमतमा परेका छन् ।

ओली अल्पमतमा परेपछि नयाँ सरकार निर्माणको रस्साकस्सी चलिरहँदा जसपा निर्णायक शक्ति बनेको छ । जसपासँग संसदमा ३४ सिट छ ।