२९ फागुन, काठमाण्डौ । हिजो नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूखुसी पार्टीमा स्वच्छाचारी कदम चाल्दै महाधिवेशनबाट निर्वाचित कमिटीलाई खारेज गरी आफ्नै समुहका नेता तथा कार्यकर्तालाई पार्टीमा भर्ना गरी पार्टीका वरिष्ठद्धय नेता झलनाथ र माधव नेपाल पक्षलाई बाइबास गरेपछि त्यसको बिरोधमा नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले केपी ओलीले नेकपा एमालेको विधान उल्लंघन गरेको भन्दै कानुनी उपचार खोज्ने बताएका छन् ।
उपमहासचिव भुसालले हिजो साँझ सेतोपाटीसँग कुरा गर्दै महाधिवेशनबाट निर्वाचित पदाधिकारी हटाउने र झननाथ खनाल–माधवकुमार नेपाल पक्षीय नेताको जिम्मेवारी खोस्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णयलाई मुर्खतापूर्ण कदम भएको भन्दै राजनीतिक रूपमा कानुनी उपचार खोज्ने बताएका छन् ।
केपी ओलीको यो निर्णय एकमदै दुर्भाग्यपूर्ण छ । यसलाई कसैलाई राम्रो गर्दैन’, उनले भने, ‘केपी ओलीले यो व्यवस्थालाई नै भत्काउन खोजिरहेका छन् । गठबन्धन भत्काए, संसद विघटन गरे, विस्तारै अब फेरि एमाले भत्काउन लागेका छन् । उनले संविधान र प्रजातान्त्रिक व्यवस्था अझै भत्काउँदै जाने भएकाले कानुनी उपचार खोज्नेछौ ।
स्थिर लोकतान्त्रिक विकासप्रति जगाएको विश्वासलाई केपी ओलीले बर्बाद पारेको भन्दै नेता भुसालले दुई तिहाईको बहुमत र पार्टी एकता सबै सकेको आरोप लगाए ।
भुसालले दक्षिण एसियामै नेपाल एउटा लिभरल डेमोक्रेशी भएको मुलुक भन्दै केपी ओलीले त्यसलाई पनि भत्काउन लागिपरेको बताएका छन्। उनले भने,‘हामी लिभरल डेमोक्रेशी बचाउन लाग्नुपर्छ ।
उनले केपी ओलीलाई चुन्नुनै डेमोक्रेशीका लागि दुर्भाग्य भएको भन्दै अब राजनीतिक रूपमा यसको समाधान खोजिने बताए ।
‘एमालेमा कुनै एउटा व्यक्तिले पार्टीको निर्णय गरेर हुने कुरा होइन । यो उसले गर्न पाउने कुरा पनि होइन’, उनले भने, ‘हामी राजनीतिक रूपमा प्रतिकार गर्छौं र विधान उल्लंघन बारे कानुनी उपचार खोज्छौं ।