२९ फागुन, काठमाण्डौ । सर्वोच्व अदादतले साविकको नेकपा एमाले ब्यूताएपछि हिजो नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकाएक बालुवाटारमा आफू निकट केन्द्रीय सदस्यको सहभागिताबाट आफू खुसी बिधान परिवर्तन गरेर नवौै महाधिवेशनबाट निर्वाचित कमिटीलाई डिजोल गरी पार्टीको नयां संचरचना परिवर्तनका साथै दशौं महाधिवेशनको मिति समेत तोके पछि त्यस बारेका कसरी अगाढी बढेर ओली प्रविधिको कसरी सामाना गरेर अगाढी बढ्ने भन्ने बारे नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहले आज ११ बजे आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
हिजो शुक्रबार साँझ केपी शर्मा ओलीले एकलौटी ढंगले केन्द्रीय कमिटी पुनर्गठन गर्दै महाधिवेशनको मिति तोकेपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बसेर आज शनिबार बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।
खनाल–नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी फुटाउने उद्देश्य साथ एकलौटी निर्णय गरेको भन्दै त्यसविरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वानसमेत गरेको छ ।
बैठकपछि नेता भीम रावलले पार्टीको विधान विपरीत स्वेच्छाचारी र मनपरी किसिमले भएको निर्णय कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने कदम भएको भन्दै त्यसलाई कुनै हालतमा मान्न नसकिने प्रतिक्रिया दिएका थिएका थिए ।
विधानमा भएको बाधा अड्काउ फुकाउको प्रयोग केन्द्रीय कमिटीको बहुमतले मात्रै गर्न सक्ने उनले बताए ।
शुक्रबारकै भेलाले चैत पहिलो साता राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णयसमेत गरेको छ । भेलामा सबै जनवर्गीय संगठनहरुको सहभागीता हुने र पार्टीलाई एकताबद्ध बनाएर लैजाने निर्णय भएको छ ।