Breaking News

ओलीको स्वयच्छादारी कदम लगत्तै बरिष्ठ नेताद्वय खनाल र नेपाल समूहले पार्टीको स्थायी कमिटीको आकस्मिक बैठक बोलायो

२८ फागुन, काठमाडौं । ओलीको स्वयच्छादारी कदमपछि नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महासचिवबाहेकका पदाधिकारीहरु हटाउने, आफ्ना समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा गरेको महाधिवेशनको मिति घोषणापछि खनाल–नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।