Breaking News

कांग्रेसलगायत दलहरूसँग मिलेर जाने छलफल

२८ फागुन, काठमाडौं । आजल साँझा देउवा निवास बुढानीलकण्ठमा जनता समाजवादी पार्टी र कांग्रेसबीच भएको छलफल बारे बोल्दै जसपा अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसलगायत दलहरूसँग मिलेर जाने छलफल भएको बताएका छन् ।

उनका अनुसार आज सहमति भएन तर मिलेर जाने विषयमा छलफल भएको बताए । केही सहमति भएको छैन । वृहत छलफल गर्नुपर्ने आवश्यकता छ । हामी माओवादी केन्द्रसँग पनि छलफल गर्छौ ।

जसपाले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको थियो ।

जसपा अध्यक्ष, महन्थ ठाकुर