२८ फागुन, काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट ब्युँतिएको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारमा लगातार दुई वटा बैठक राख्दै आफुखुशी निर्णय समेत गरेका छन् । आजको बैठकमा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पेलेरै आफूखुसी निर्णय लादेका छन् ।
आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर प्रधानमन्त्री ओलीले एमालेको विधान संशोधन गरेर थुप्रै महत्वपूर्ण निर्णयहरू समेत गनै भ्याएका छन् ।
पार्टीको महाधिवेशन मंसिरमा गर्ने, पूर्वमाओवादी केन्द्रका नेताहरूलाई जिम्मेवारी दिने, नेपाल पक्षका नेताहरू जिम्मेवारी खोस्नेलगायत निर्णय गरेका छन् ।
बैठकमा प्रधानमन्त्री ओलीले नेपाल पक्षका नेताहरू आत्मआलोचना गरेर, सच्चिएर आउनु पर्ने बताएका थिए ।
उहाँहरू आत्मआलोचना गरेर सच्चिएर आउनुभयो भने हामी कसैलाई आग्रह÷पूर्वाग्रह राख्दैनौं, बालुवाटार स्रोतले बतायो ।
सर्वोच्च अदालतले फागनु २३ गते तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकता खारेज गरेर पूर्ववतः पार्टीहरू ब्युँताउन आदेश दिएको थियो ।
पार्टी ब्युँतिइपछि प्रधानमन्त्री ओलीले नेपाल पक्षसँग एक पटक सल्लाह नगरी पार्टीको महाधिवेशन गर्ने निर्णय गरेका
हुन् ।
ओली समूहको यो निर्णयमा नेपाल पक्षले अहिलेसम्म प्रतिक्रिया दिइसकेको छैन ।