नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूबीच देउवा निवास बुढानीलकण्ठमा भेटवार्ता सुरू

२८ फागुन, काठमाडौं । सत्ता साझेदारीको बारेमा छलफल गर्न नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूबीच देउवा निवास बुढानीलकण्ठमा भेटवार्ता सुरू भएको छ ।

जसपासँग बैठक गर्नुअघि सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गरेका थिए ।

कांग्रेसका शीर्ष नेता र जसपाका शीर्ष नेताबीच छलफल जारी रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषद अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवसहित नेताहरू देउवा निवास पुगेका हुन् ।

कांग्रेसबाट छलफलमा सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला लगायत नेता सहभागी छन् ।