आज शिवरात्री : देशैभरका शिवालयमा भक्तजनहरुको घुईचो

२७ फागुन, काठमाण्डौ । आज महाशिवरात्रि अर्थात भगवान शिव को जन्मदिन । काठमाडौंको पशुति क्षत्रेमा बिहानैदेखि भगवान पशुपतिनाथको दर्शन गर्नका लागि नेपाल लगायत भारतबाट समेत बाट समेत भक्तजनहरूको उल्लेखनीय सहभागिता देखिएको छ । काठमाडौँ उपत्यकामा शिवरात्रीको अवसरले यतायात क्षेत्रलगायत अन्य काम विशेषले घरबाट बाहिर निस्कने क्रममा ट्राफिक जामको मध्यनगर गर्दै ट्राफिक प्रहरीले यातायात सञ्चालनको लागि केही रुटहरु सञ्चालन गरेको छ ।

ट्राफिक जामलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकाको यतायात सहज बनाउन ट्राफिक प्रहरीले रिङरोड बाहिर पार्किङ क्षेत्र बनाएर पाशुपत क्षेत्र प्रदेश सहज र सरल ढंगले भक्तजनहरुलाई प्रवेश गराएको छ । बिहान ३ बजेदेखि नै लाइनबद्ध भक्तजनहरूको भिडले पाशुपत क्षेत्र प्रवेश हुनुको साथै दर्शन गर्ने दर्शकहरूको भिडले अहिले पशुपतिनाथ क्षेत्र भित्र हजारौको संख्यामा भक्तजनहरु दर्शन गरेर फर्कने र भित्रने क्रम चलिलरहेको छ ।

आजै नेपाली सेनाको दिवस हो । प्रत्येक वर्ष नेपाली सेनाले आज कै दिन सेना दिवस मनाउँछ । यसै अवसरमा नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा बिबिध कार्यक्रम गर्दै गरी सेना दिवस मनाइरहेको छ । सेना दिवसको अवसरमा टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा वली उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना, मन्त्रीगण, सरकारी कर्मचारी र कूटनीतिक नियोग लगायतका मान्यजनहरुको सहभागीता हुने बताइएको छ ।

धार्मिक परम्परा मान्यताअनुसार भगवान शिवले तपस्या गरेको पाशुपत क्षेत्र धार्मिक परम्परानुसार पवित्र मानेर भगवान शिवको मन्दिर स्थापना गरी पुस्तौंदेखि मान्दै आएको क्षेत्रलाई अहिले त्यहीअनुसार धार्मिक रुपले मानिने आइरहेको छ । नेपाल सरकारले पशुपति क्षेत्रलाई संरक्षण, रेखदेख गर्नका लागि पशुपति क्षेत्र विकास कोषलाई अधिकार दिएको छ । त्यसैअनुसार पशुपति क्षेत्र विकास कोषले पासवत क्षेत्रलाई पवित्र बनाउन हरेक वर्ष आफ्ना कार्यहरु गर्दै आएको छ । पशुपतिमा पूजाआजा गर्न आउने भक्तहरूलाई सहज र सरल तरिकाले व्यवस्थापन गर्दै आएको छ । यसवर्ष पनि पहिले भन्दा अलि सहज तरिकाले व्यवस्थापन भएको देखिन्छ ।

भक्तजनहरुले बस्ने लाइन, मन्दिर भित्र छिरिसकेपछि सत्कर्म अन्य हिसाबले व्यवस्थापन भएको देखिन्छ । धार्मिक परम्पराअनुसार शिवरात्रीको दिन अविवाहित कन्या केटीहरुले राम्रो वर पाउं र विवाहित महिलाहरुले आफ्नो श्रीमानको आयु लामो होस् स्वास्थ्यमा निरोगी बनोसका साथै घरपरिवारको कामनाको मनोकांक्षा राख्दै वर्त बस्ने किम्बदन्ती चलिदै आएको छ । त्यस्तै शिवको आराधना गरे पछि विगतमा आफुले गरेका कुनै पाप, कर्म, नराम्रो काम गरिएको छ भने मेटिने समेत किम्बदन्ती छ । त्यसैले जो जहां रहे पनि भगवान शिवको पुजाआजा गरी शिवरात्री मनाइरहेका छन् । त्यस्तै देशैभरका शिवको शिवालयमा पुगेर भगवान शिवको आराधाना गरी शिवरात्री मनाई पनि रहेको छन् भक्तजनहरुले ।