२७ फागुन, सुर्खेत । कर्णाली प्रदेशको दैलेख जिल्लाको आठबीस नगरपालिका –१ टुइकुनास्थित कर्णाली राजमार्गमा बिहन ११ बजे माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने १० जना घाइते भएका छन् ।
कालिकोटदेखि सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ ख २४७ नम्बर बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
दुर्घटना परि घाइते भएका १० जना मध्ये ७ जना गम्भिर अवस्थाका घाइतेलाई एम्बुलेन्स मार्फत सुर्खेत पठाइएको प्राप्त जानकारी भएको छ ।
बस राजमार्गबाट ५० मिटर तल खसेको छ । बसमा कालिकोटबाट १५ यात्री सवार थिए । घाइतेको उद्धार भइरहेको छ ।