Breaking News

गृहमन्त्री रामबहादुर थापा (बादल) लाई एमाले को उपाध्यक्ष बनाउने तयारी

२६ फागुन, काठमाडौं । सर्वोच्व अदालतको फैसलाबाट ब्यूतिएको नेकपा एमाले को उपाध्यक्षमा साविक नेकपा ओवादी केन्द्रका सचिवालय सदस्य तथा ओली सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई मनोनित गर्ने तयारी गरेको छ । यसबारे पार्टीमा अनौपचारिक छलफल भएको छिट्टै पार्टीको बैठक बसेर निर्णय गरिने एमाले नेता विशाल भट्टराईले जानकारी दिए । उनका अनुसार महासचिव एक दुई दिनभित्र बैठक राखेर निर्णय गर्ने तयारी भएको छ ।

यस्तै एमालेले लेखराज भट्टलाई सुदूरपश्चिम इन्चार्जमा मनोनित गर्ने तयारी गरेको छ । थापा र भट्ट दुवै माओवादी केन्द्रबाट निर्वाचित सांसदको हैसियतमा ओली सरकारमा सामेल भएका हुन् । सर्वोच्च अदालतले नेकपा खारेज गरेर साविकको एमाले र माओवादी केन्द्र ब्युँताए पनि बादल र भट्ट माओवादीमा फर्किएका छैनन् । सर्वोच्चको फैसला अनुसार तत्कालीन नेकपाको प्रचण्ड समूहमा रहेका माधव नेपाललगायतका पूर्वएमाले आफ्नै घर फर्किए पनि बादल, भट्टलगायतका पूर्व माओवादी नेताहरु भने अझै एमालेमै रहेका हुन् । उनीहरु फर्किने नफर्किने अस्पष्ट रहेकै बेला एमालेमा जिम्मेवारी दिने तयारी भएको हो ।