धुम्बाराहीका नेकपा (एमाले) को साईनवोर्ड

२५ फागुन, काठमाण्डौ । फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका छन् ।

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन् ।

यसैबीच नेकपा मुख्यालय रहेको धुम्बाराहीमा नेकपा (एमाले) को बोर्ड राखिएको छ ।

नेकपाको सट्टा एमालेको बोर्ड राखिएको पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले बताए । नेकपाका जिल्ला कार्यालयहरुमा एमालेको बोर्ड राख्न सोमबारदेखिनै सुरु भएको छ ।