कमल ओलीद्धारा रघुजी पन्तबिरुद्ध मुद्दा

२५ फागुन, काठमाण्डौ । नेकपा एमालेकी राष्ट्रियसभा सदस्य कोमल वलीले एमाले कै अर्का प्रतिनिधिसभा सदस्य रघुजी पन्तलाई आफूमाथि ‘लैङ्गिक हिंसाजन्य’ अभिव्यक्ति दिएका कारण मुद्दा हालेकी छन् । उनले मुद्दा हालेपछि प्रतिक्रिया दिखने क्रममा नेता रघुजी पन्तलाई क्षमा दिन नसक्ने बताएकी छन् ।

उनले पन्तविरुद्ध आज मंगलबार जिल्ला अदालत, काठमाडौंमा मंगलबार गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गरेकी छन् । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पन्तको अभिव्यक्तिले आफूलाई चोट पुगेको बताए ।

पन्तले सरी भनिसकेकाले माफी दिन सकिन्नथ्यो भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले ‘उहाँले मसँग माफी माग्नु भएको छैन । मेरो आशय त्यस्तो थिएन भन्नु भएको छ । तर यस्तो शब्द प्रयोग गर्नु भएको छ, त्यो क्षम्य हुने खालको छैन ।