आफ्नो पार्टी खुल्ला राजनीतिमा आए पछि दलाल र भ्रष्ट तत्वलाई आपत्ति किन ?

जिल्ला ईन्चार्ज, रणदीप

२३ फागुन, कालिकोट । सरकार र नेत्र विक्रमचन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी बीच भएको तीन बुंदे सहमति पछि खुला राजनीतिमा आएको विप्लव नेकपा कालिकोटले आज कालिकोटको सदरमुकाम मान्मा बजारको प्रतिमाचोकमा कोण सभाको आयोजना गरेको छ । सरकारद्धारा प्रतिबन्धित भएको करीब २ बर्ष पछि नेकपाले सार्वजनिक रुपमा पहिलो पटक सदरमुकाममै कोणसभा गरेको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले लगाएको प्रतिबन्ध उही केपी शर्मा ओली कै सरकारसंग सहमति गरी फुकुवा भएपछि विप्लव नेतृत्वको नेकपा कालिकोटले सो कार्यक्रमको आयोजना गरेको हो । सरकारले फुकुवा गरेको खुसियालीमा सदरमुकाम मान्ममा कोण सभामा नेकपाका सेक्रेटरी पदम बि.क (साहासी) को अध्यक्षता तथा जिल्ला ईन्चार्ज मनिलाल ऐडी (रणदीप) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कोण सभामा बोल्दै जिल्ला ईन्चार्ज रणदीपले वार्ता नेकपा संग नभएर सरकार संग भएको दावी गर्दै अब विप्लव खुल्ला राजनीतिमा आउने भएपछि प्रचण्डको टाउको दुखेको टिप्पणी गरेका थिए । उनले अगाडी भने, अब आफ्नो पार्टी खुल्ला राजनीतिमा आए पछि दलाल र भ्रष्ट तत्वलाई आपत्ति भएको समेत बताए । वार्तामा आफ्नो एजेण्डाहरू सफल हुनेगरि सरकार संग सहमति भई आफुहरु खुल्ला राजनीतिमा होमिएको बताए । त्यस्तै सहिदका सपना र बांकी गर्नु पर्ने क्रान्ति पनि अबका दिनमा पुरा गर्ने बताएका थिए ।