हामीसंग संसदीय दलमा बहुमत छ कसैले अविश्वास प्रस्ताव ल्याउन हिम्मत गर्दैनन्

नेकपा ओली समूह

२२ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेर सकिएको छ ।

बैठकमा ओली समूहका संसदीय दलका नेता केपी शर्मा ओलीले संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिएका छन् ।

यसका साथै बैठकमा प्रधानमन्त्रीले संसदमा दृढताका साथ अगाडि बढ्न निर्देशन दिएको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले बताए ।

भट्टराईले अविश्वास प्रस्ताव ल्याउन कसैले हिम्मत समेत नगर्ने बताए ।

अविश्वासको प्रस्ताव ल्याउन कसैले हिम्मत गर्दैनन् । जो बाहिर हुनुहुन्छ, उहाँहरू पनि फर्कनुहुन्छ । नेकपा विभाजन हुन कठिन छ,’उनले भने ।

बैठकमा ११५ सांसद उपस्थित भएको ओली समूहको दाबी छ । यद्यपि बालुवाटारभित्र कुनै पत्रकारलाई छिर्न दिइएको थिएन ।

बैठकमा वामदेव गौतम, लालबाबु पण्डित र तुलसा थापा उपस्थित थिएनन् । उनीहरू प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकमा समेत उपस्थित थिएनन् ।