भरतपुर अस्पताल चितवनमा एकजना ज्वरो बिरामीको निधन

कदर समाचार
२१ चैत्र, काठमाडौं । २१ चैत, चितवन । चितवनको भरतपुर अस्पतालमा ज्वरो र निमोनियाकी एक बिरामीको मृत्यु भएको छ । हेटौंडाबाट रिफर भएर आएकी सिन्धुली हरिहरपुर गाउँपालिका–२ कि २६ वर्षीया उषाकुमारी राईको आज बिहान शुक्रबार बिहान ४ बजे निधन भएको
हो । गएराति १ बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी उनको आइसीयूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।
उनको स्वाब परीक्षण हुन भने बाँकी छ । डा. तिवारीले मृतक राईको स्वाब परीक्षणका लागि निकाल्ने तयारी गरिएको बताए । मृतक राई सुरुमा हेटौंडा अस्पताल पुगेकी थिइन् । हेटौंडा अस्पतालले भरतपुर रेफर गरेको थियो । उनको ट्राभल हिस्ट्रीबारे भने अस्पतालले केही खुलाएको छैन ।