मन्त्रीपरिषद्द्धारा विप्लवमाथि लगाएको प्रतिबन्ध फुकुवा

२० फागुन, काठमाण्डौ । आज बसेको मन्त्रीपरिषद्को बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।

आज बिहान सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुंदे सहमति भएको थियो । उक्त सहमतिलाई अनुमोदन गर्ने निर्णय पनि गरेको ती मन्त्रीले जानकारी दिए ।

भोली शुक्रबार २ बजे एउटा कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव ’विप्लव’ले सहमतिको विस्तृत विवरण सार्वजनिक गर्ने कार्यक्रम छ ।