ललितपुरको नख्खुदोबाटोमा आज बिहान बाटो पार गर्दै गरेकी एक किशोरीको जिपको ठक्करबाट मृत्यु

१९ फागुन, काठमाण्डौ । ललितपुरको नख्खुदोबाटोमा आज बिहान सवा ५ बजे बाटो पार गर्दै गरेकी एक किशोरीको मृत्यु जिपको ठक्करबाट भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भइ हाल ललितपुरको बागडोल बस्दै आएकी १९ वर्षीया अन्जु दाहाल छिन् ।

किशोरीलाई स १ ज ५६७ नम्बरको बोलेरो जिपले ठक्कर दिएको थियो । उनको उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिपसहित चालकलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।