प्रधानमन्त्री केपी शर्मा ओली आज मोरङको उर्लाबारी जांदै

१८ फागुन, काठमाण्डौ । उर्लाबारीमा एकीकृत सन्थाल बस्तीको शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज मोरङको उर्लाबारी जाने भएका छन् ।

जनता आवास कार्यक्रममार्फत् एक सयभन्दा बढी घरधुरी बनाउने सरकारको तयारी छ । सहरी विकास मन्त्रालयमार्फत् करिब दुई वर्षमा बस्ती निर्माण सक्ने लक्ष्य छ ।

सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनथापना भएपछि प्रधानमन्त्री ओली देशका विभिन्न ठाउँ पुगेका छन् ।

पछिल्लो समय प्रधानमन्त्री ओली शिलान्यास र उद्घाटनका कार्यक्रममा सहभागी हुने क्रममा देश दौडाहमा रहेका छन् ।