कोरोना काइरस : हालसम्मको टाडा

५२ हजार ९ सय ८३ जनाको मृत्यु भएको छ ।

कदर समाचार
एजेन्सी ।
२१ चैत्र, काठमाडौं । हालसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या विश्वभर १० लाख नाघेको छ । यस्तै ५२ हजार ९ सय ८३ जनाको मृत्यु भएको छ ।
अमेरिकामा सबैभन्दा धेरै २ लाख ४३ हजार ४ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी इटालीमा १ लाख १५ हजार २ सय ४२ र स्पेनमा १ लाख १२ हजार ६५ जना संक्रमित छन् । जर्मनीमा संक्रमितको संख्या ८४ हजार ७ सय ९४ छ ।
मृतकको संख्या भने इटलीमा धेरै छ । इटलीमा कोरोना भाइरसको संक्रमणबाट १३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ ।
स्पेनमा १० हजार ३ सय ४८ र फ्रान्समा ५ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ ।