प्रधानमन्त्री पोखरा जांदै उद्घाटन, निरीक्षणदेखि कार्यकर्तालाई प्रशिक्षण सम्मको कार्यक्रम तय

१६ फागुन, पोखरा । पोखरामा हुने भनेको ओली समूहको आमसभा स्थगित भएपछि आजै सभागृहमा प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना हुंदै छ । भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली बिहान ११ः४० मा पोखरा जांदैछन् ।

प्रधानमन्त्री ओली सुरुमा गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्नेछन् । त्यसपछि १ बजे कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली पोखरा सभागृह जाने कार्यक्रम तय भएको भएको छ ।

कार्यकर्ता भेलालाई सम्बोधनपछि प्रधानमन्त्री ओलीले पोखरा रंगशाला निरीक्षण गर्ने कार्यक्रम छ । पोखरा रंगशालामा निर्माण भएको फुटबल स्टेडियम, क्रिकेट रंगशालाको निरीक्षण गर्ने छन् भने त्यहां बन्न लागेको स्वीमिङ पुललगायतका विषयमा राष्ट्रिय खेलकुद परिषदले बिफ्रिङ गर्ने छ ।

प्रधानमन्त्री ओली आजै काठमाडौं फर्किने कार्यक्रम छ ।