म नयाँ पार्टी खोल्दिन : नयाँ पार्टी बनाउँदा हाम्रो भोट बाँडिन्छ र हामीले कहिल्यै जित्न सक्दैनौं

एजेन्सी

१७ फागुन, काठमाडौं । ह्वाइटहाउस छोडेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ पार्टी नखोल्ने घोषणा गरेका छन् ।

कन्जरभेटिम पोलिटिकल एक्सन कन्फ्रेन्स (सीपीएसी) कार्यक्रमलाई फ्लोरिडामा सम्बोधन गर्दै ट्रम्पले सो कुरा बताएका हुन् ।

ट्रम्पले नयाँ पार्टी खोल्ने अड्कलबाजी भइरहेको बेला उनले त्यसलाई गलत खबर भने । उनले भने, ‘नयाँ पार्टी बनाउँदा हाम्रो भोट बाँडिन्छ र हामीले कहिल्यै जित्न सक्दैनौं ।’

कार्यक्रममा उनले अमेरिकी नयाँ राष्ट्रपति जो बाइडनको पनि आलोचना गरे । बाइडन आएपछि ‘अमेरिका फर्स्ट’को नीति ‘अमेरिका लास्ट’मा पुगेको ट्रम्पले बताए ।

सीपीएसी कन्फ्रेन्स हरेक वर्ष हुने गर्दछ, जसमा अमेरिकाभरका रुढिवादी नेताहरुले भाग लिने गर्दछन् । फ्लोरिडामा आयोजित पछिल्लो कन्फ्रेन्सलाई टेक्सासबाट सिनेटर चुनिएका टेड क्रूज, ट्रम्पको छोरा ट्रम्प जुनियरले पनि सम्बोधन गरेका थिए ।

‘नयाँ पार्टी बनाउँदा हाम्रो भोट बाँडिन्छ र हामीले कहिल्यै जित्न सक्दैनौं’