प्रि–ओपनिङमा ३ अंकले बढेको नेप्से तिब्र गिरावटका बीच ३.१२ प्रतिशत अर्थात ७९.७४ अंकले सेयर बजार घट्यो

१६ फागुन, काठमाण्डौ । केही उकालो लागेको सेयर बजार आज आइतबार पहिलो दिनमा सेयर कारोबारमा परिसूचक नेप्सेमा ठूलो गिरावट आएको छ । प्रि–ओपनिङमा ३ अंकले बढेको नेप्से तिब्र गिरावटका बीच ३.१२ प्रतिशत अर्थात ७९.७४ अंकले घटेर बन्द हुन पुग्यो । यो सँगै नेप्से परिसूचक २४ सय ७४.३९ अंकमा झरेको छ । आज होटल तथा पर्यटन बाहेकका सबै उपसमूह राताम्मे रह्यो ।

दोस्रो बजारमा २०७ कम्पनीका एक करोड ६० लाख १७ हजार ३२२ कित्ता सेयर ९६ हजार १५१ पटक खरिद बिक्री हुंदा कुल कारोबार रकम भने ८ अर्ब ३५ करोड ५२ लाख भन्दा बढी रह्यो ।

आजको बजारमा चन्द्रागिरी हिल्स, सिटिजन्स म्युचल फण्ड, शिखर इन्स्योरेन्स र एनआइसी एसिया डिबेन्चरका लागानीकर्ताले घट्दो बजारमा पनि कमाई गरे भने २५ कम्पनीको सेयर मूल्य ५ प्रतिशत तथा त्यो भन्दा धेरैले घट्न
पुग्यो ।

गणपति माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धैरे ७ प्रतिशतले घट्दा दोस्रो धेरै गिरावट नेपाल फाइन्यन्स कम्पनीमा देखियो, उक्त कम्पनीको सेयर मूल्य ६.७४ ले घटेको थियो ।

यस्तै नेपाल पूर्वाधार विकास कम्पनीको सेयर मूल्य ६.४४ प्रतिशतले घटेर तेस्रो धेरै गुमाउने कम्पनी बनेको थियो भने अपी पावर कम्पनीको सेयर मूल्य पनि ६.११ प्रतिशतले घट्न पुग्यो ।

आइतबार जीवन बीमा उपसमूह सबैभन्दा धेरै ६२४.८,उत्पादन उपसमूह १९८.२, बैंकिङ उपसमुह ३५४.५७, र निर्जीवन बीमा उपसमूह १७८.१ अंकले घट्यो । लघुवित्त १४१.२९, व्यापार ११.२२, विकास बैंक ७५.५१, अन्य उपसमूह ८१.३५, जलविद्युत समुह ६७.१५ र फाइनान्स उपसमूह २९.७४ अंकले घटेको थियो ।