नेकपा विप्लव समूहसंग सम्भवत छिट्टै सहमति हुन्छ

प्रधानमन्त्री, केपी शर्मा ओली

१६ फागुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै भने, नेकपा विप्लव समूहसंग छिट्टै सहमति हुने बताए ।

शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समधान गर्नेछौं ।

विध्वंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २८ फागुन २०७५ देखि समूहमाथि प्रतिबन्ध लगाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभाजन आएसंगै ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसंग संवादलाई अघि बढाएका छन् । प्रतिबन्धित पार्टीका महासचिव विप्लवले पनि आफूहरु वार्ता गर्न तयार रहेको बताएका छन् ।

तर, अदालतले संसद पुनस्थापना गर्ने आदेश दिएसंगै ओलीको विप्लपसंगको संवाद रोकिएको छ ।