विश्व कम्युनिष्ट आन्दोलनमा वर्ग संघर्ष चलिरहने त्यसैले प्रधानमन्त्री केपी ओली अर्को वर्गमा पतन भएको हो

अध्यक्ष प्रचण्ड

१५ फागुन, काठमाडौं । शिक्षक संगठनको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्ड ले प्रधानमन्त्री केपी शर्मा ओलीमा छलछाम, जालझेल, खुराफात र बेइमानी दलालको चरित्र भएको बताएका छन् ।

विश्व कम्युनिष्ट आन्दोलनमा वर्ग संघर्ष चलिरहने भन्दै उनले प्रधानमन्त्री केपी ओली अर्को वर्गमा पतन भएको बताए ।

पार्टीभित्रैबाट वर्ग उत्थान भएका व्यक्ति पनि विपरीत ध्रुवका एजेन्ट भएर आफ्नो वर्गलाई धोका दिइरहेको पनि उनले बताए । विश्व कम्युनिष्ट आन्दोलनमा यस्ता व्यक्तिले ठूला–ठूला प्रतिगमनलाई साथ दिएको दाहालले बताए ।

यही प्रवृत्ति नेपालमा लोकतान्त्रिक गणतन्त्र नै उल्टाउने र कम्युनिष्ट आन्दोलनलाई नै कालो पोत्ने, धब्बा लगाउने गरी आश्चर्यजनक रुपमा देखा परेको उनले बताए ।

अध्यक्ष प्रचण्डले सहमति गर्ने नगर्ने भन्ने व्यक्तिगत विचारको कुरा हो भन्दै पार्टी भनेको विधि र पद्दति भएको बताए । ‘मलाई इन्टरभ्यूमा पार्टी एकता हुन्छ कि भनेर सोधियो, विचार मिल्यो भने एकता हुन्छ, नभए हुंदैन ।

विचार भावना सबै एकै ठाउँमा रहंदारहंदै किन दुई पार्टी बन्नुपरो भनी मैले नै एकता प्रस्ताव राखेको हो । अनुहार हेरेर एकता भएको हैन,’ उनले भने, ‘शान्तिपूर्ण र बहुदलीय प्रतिस्पर्धानबाट जाने भनेर एकता भएको हो ।

उनले बहुमतको निर्णयअनुसार व्यक्ति संगठनको मातहत हुने लेनिनवादी सिद्धान्तमा आधारित भएर ओलीसंग सहमति गरिएको पनि बताए ।