सुर्खेतमा स्कारपियो गाडीको ठक्करबाट एक जनाको मृत्यु

१५ फागुन, सुर्खेत । वीरेन्दनगरको टेम्पुपार्क स्थित कर्णाली राजमार्गमा बाङगेसिमलबाट एरिचोकतर्फ जांदै गरेको नम्बर नखुलेको (सेतो कलरको स्कारपियो डबल क्याप) ले ठक्कर दिँदा नामथर वतन नखुलेको बर्ष अन्दाजी ५०(५५ को पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्कर दिइ घाईते भएका पुरूषको उपचारको लागि कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा घाइतेको मृत्यु भएको हो ।

शव चिन्नुहुने आफन्तजनहरु सनाखतको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सम्पर्क राख्न समेत प्रहरीले अनुरोध गरेको छ ।