ओलीको अब गोल गर्ने तागत छैन : पार्टी विभाजनका खलपात्र राखेर कम्युनिस्ट पार्टी नबन्ने

नेतृ, रामकुमारी झाक्री

१४ फागुन, बाग्लुङ । नेकपा प्रचण्डमाधव समूहकी केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाक्रीले आज बागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै, प्रधानमन्त्री केपी शर्मा ओली आफैंले आत्मघाती गोल गरेर हारिसकेको बताएकी
छन् । त्यस्तै उनले ओलीसंग थप गोल गर्ने समय बांकी नरहेको बताइन् ।

‘खेलको नियम हुन्छ, समय हुन्छ । आत्मघाती गोल गरेर केपी ओली पराजित भइसकेका छन् । थप गोल गर्ने समय सकिएको छ । अब पार्टी विभाजनमा सामेल खलपात्र बाहेकको कम्युनिस्ट पार्टी बन्ने नेतृ झांक्रीले बताइन् ।

तर, अबको पार्टीमा केपी ओली, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझीहरु नहुने उनले बताइन् । झांक्रीले पार्टी विभाजनका खलपात्र राखेर कम्युनिस्ट पार्टी नबन्ने बताइन् ।

निर्वाचन आयोगलाई पार्टी वैधानिकता विवाद चांडो टुंग्याउन पनि उनले आग्रह गरिन् । केपी ओलीको चिन्ता नगरी बहुमत केन्द्रीय सदस्य रहेको नेकपालाई वैधानिकता दिनुपर्ने नेतृ झांक्रीको भनाइ थियो । केपी ओलीले त किरा फट्याङ्ग्रा चिन्हबाट आगामी चुनाव लड्न सक्ने बताइन ।