लकडाउनको बेला टेलिकमको नयाँ सेवा

कदर समाचार
२० चैत्र, काठमाडौं । कोरोना भाइरसका कारणले नेपाल सरकारले लकडाउन गरे पछि बजार पसल लगभग ठप्प छन् । यस्तोबेला अन्य दैनिक उपभगोग्य वस्तुको आपूर्ति केही भए पनि धेरै मान्छे बाहिर निस्किरहेका छैनन् ।
लकडाउन अवधिमा सरकारले नै घरभित्रै बस्नु भनेपछि धेरै भित्र बसेका छन् । यस्तोमा सूचना तथा सञ्चारको साधन मोबाइलको ब्यालेन्स सकिएमा के गर्ने भन्ने धेरैको चिन्ता हुनसक्छ ।
ब्यालेन्स सकिएमा मोबाइल वालेट, बैंकिङको सेवा लिइरहेकाहरूले सहजै रिचार्च गरिरहेका छन् । जसबाट इन्टरनेट तथा फोन गर्नलाई कुनै कठिन छैन । तर यस्ता सेवा नभएकाहरूका लागि बिकल्प के ?
यसको बिकल्प नेपाल नेपाल टेलिकमले ल्याएको छ । तर यसका लागि उपभोक्तासँग एटिएम कार्ड भने हुनुपर्छ । कार्ड भएका कुनै पनि ग्राहकले नेपाल टेलिकमको वेबसाइट तथा एप्लीकेशनबाट रिचार्ज गर्नसक्ने छन् ।
कसरी गर्ने कार्डबाट रिचार्ज ?
नेपाल टेलिकमको वेबसाइट वा एप्लिकेशन खोल्ने
अनलाइन रिचार्जमा गएर रिचार्ज विथ कार्डमा क्लिक गर्ने वा सिधै कार्ड पे लेखेको ठाउँमा क्लिक गर्ने
त्यसपछि रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर राख्ने जसलाई भेरिफाइ गर्ने कार्य गर्छ
रिचार्ज रकमको बिकल्प छनौट गर्ने
कार्डको विवरण माग गर्छ जहाँ विवरण भर्ने