तारकेश्वरको साङ्लामा कुखुरा फर्ममा फेरि बर्डफ्लु देखियो

१४ फागुन, काठमाण्डौ । काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा केही समय अघि कुखुरा फर्ममा बर्डफ्लु देखिएको थियो फेरि आज पनि सो क्षेत्रमा बर्डफ्लू भेटिएको छ । बर्डफ्ल भेटिएको स्थान र त्यस वरपरका कुखुरा, चल्ला र अण्डा र दाना नष्ट गरिएको छ ।

बर्डफ्लु संक्रमण हिजो विहीबार पुष्टि भएको र त्यस क्षेत्रका हजारौं कुखुरा नष्ट गरिएको उनको भनाइ छ ।

प्राप्त समाचार अनुसार पालेका अण्डा नपार्ने लेयर्स कुखुरा २ हजार ९ सय ५५ वटा, अण्डा पार्ने लेयर्स २ हजार ७ सय २ वटा, अण्डा ३ हजार ५ सय ७० वटा र दाना १ हजार ४ सय ५० किलो नष्ट गरिएको छ ।

यसैगरी सरिता शाहले पालेका बोइलर कुखुरा २ हजार ९ सय ६० वटा, दाना ७ सय ५० किलो, सम्झना ठकुरी तिवारीले पालेका बोइलर कुखुरा २ हजार ७६ वटा, लोकल कुखुरा १ सय ७ वटा नष्ट गरिएको छ ।

अमृत थापाले पालेका २ हजार २ सय चल्ला र १५० किलो दाना तथा शान्ता खनालले पालेका लोकल कुखुरा एक सय वटा र टर्की दुई वटा पनि नष्ट गरिएको छ ।

तारकेश्वर नगरपालिका–१ मै यसअघि बर्डफ्लु पुष्टि भएपछि १४ सयभन्दा धेरै हांस मारिएको थियो ।