Breaking News

गृहकार्य गर्न अझै बांकी भएको भन्दै नेकपा ओली पक्षको स्थायी कमिटी बैठक स्थगित

१३ फागुन, काठमाण्डौ । नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित ।

स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलका अनुसार आज बस्ने स्थायी कमिटी बैठक स्थगित भएको जानकारी आएको छ ।

हिजो बुधबारको बैठकले सर्वोच्चले गरेको प्रतिनिधि सभा पुनर्स्थापनालाई स्वागत गर्ने, केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो ।

बदलिँदो परिस्थितिबारे अन्य राजनीतिक दलसंग पनि परामर्श गर्नेबारे स्थायी कमिटीमा छलफल भएको थियो ।

समूहभित्र र अरु पार्टीसंग गृहकार्य गर्नुपर्ने भएकोले केही दिनका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको जानकारी छ ।