एसबिआई बैंकद्धारा कोरोना भाइरस कोषमा १ करोड सहयोग गर्ने घोषणा

कदर समाचार
२० चैत्र, काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९)को महामारी रोकथाम, नियन्त्रण तथा उपचारको लागि नेपाल सरकारद्धारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल एसबिआई बैंक लिमिटेडले १ करोड सहयोग गर्ने जनाएको छ ।
बैंकले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको निम्ति र कोरोनाबाट प्रभावितको सहयोगको लागि १ करोड सहयोग गर्ने निर्णय गरेको हो । उक्त रकम मध्ये ५० लाख केन्द्रिय सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा र प्रत्येक प्रदेश सरकारको कोषमा ५ लाख सहयोग गर्नेछ । यसका साथै बाँकीको १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा खर्च गर्ने जनाएको छ ।