बालुवाटार बैठकबाट चार निर्णय : विपक्षीहरू कसरी आउंछन्, त्यही अनुसार रणनीति

१२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहका स्थायी कमिटी सदस्यहरूको बैठक बालुवाटारमा बोल्दै आन्दोलनको स्वरूप फेरिएको बताएका छन् ।

त्यसैले अबको लडाई संसदमा हुने बताएका हुन् ।
अब संसदभित्रको लडाइँ प्रमुख भएको छ । विपक्षीहरू कसरी आउंछन्, हाम्रो रणनीति त्यही अनुसारको बन्नुपर्छ,’ओलीको भनाइ उदृत गर्दै स्थायी समितिले भने,’हामीले हरेक परिस्थितिको सामना गरेर अघि बढ्नुपर्छ ।

यसैगरी, बैठकले चार वटा निर्णय गरेको छ ।

आजको बैठकले पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ ।

त्यस्तै देशभरि यसअघि निर्धारण गरिएका कार्यक्रमहरूलाई निरन्तरता दिने निर्णय भएको छ ।