१२ फागुन, काठमाडौं । हिजो मंगलबार सर्वोच्व आदालतले संसद पुनस्थापना गरे पछि प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक संकटमा परेका छन् । यसै अवसरमा नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले संविधानको हत्या गर्ने प्रधानमन्त्रीले राजीनामा नदिए १३ दिनभित्र गलहत्याएर निकाल्ने चेतावनी दिएकी छन् ।
संसद पुनस्थापनाको खुशीयालीमा काठमाडौंमा निकालिएको विजय सभालाई सम्बोधन गर्दै भुसालले अलिकति पनि नैतिकता बांकी रहे तत्काल राजीनामा दिनुपर्ने बताइन् । ‘मैले त हिजै राजीनामा आउला भनेको सोचेको थिए । तर, आएन । अझै पनि अलिकति नैतिकता भए राजीनामा दिएर ठाउ खाली गरिनुपर्छ ।
बालुवाटारको स्थायी कमिटीबाट प्रधानमन्त्रीको राजीनामा गर्ने निर्णय आउनेमा आशा गरिन् । तर, अझै पनि हारेको प्रतिगामीले उठ्ने प्रयास गरेमा त्यो दिवा सपना हुने उनले बताइन् । भुसालले राष्ट्रपतिलाई समेत राजीनामा दिन आग्रह गरिन् ।