Breaking News

बहिर्गमित जनमुक्ति सेना (बाल सेना) नेपालद्धारा कार्यदलका संयोजक प्रदीप ज्ञवालीलाई प्रस्तावना पत्र

९ फागुन, काठमाण्डौ । बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिले आज बिहान नेपाल सरकारका माननीय परराष्ट्रमन्त्री तथा कार्यदलका संयोजक प्रदीप ज्ञवालीलाई प्रस्तावना पत्र बुझाएको छ ।

उक्त कार्यदल नेपाल सरकारले माघ ११ गते गरेको मन्त्रीपरिषद्को निर्णयलाई कार्यान्वयन गर्नका लागि गठन गरिएको थियो । माघ ११ गते भएको मन्त्रीपरिषद्को निर्णयहरु तत्कालीन नेकपा माओवादीले संचालन गरेको जनयुद्धबाट प्रभावित र राज्य वा विद्रोही पक्षबाट द्धन्द्ध पिडित, सहिद, वेपत्ता, घाइतेअपाङ ,बहिर्गमित जनमुक्ति सेना (बाल सेना) र माओवादीको शसस्त्र संघर्षमा भाग लिएका अन्य लडाकूहरुलाई पनि सरकारले सम्मान पत्र (लोकतान्त्रिक योद्धा), परिचय पत्र को (आधारमा बिभिन्न सेवा सहुलियत), घाइते योद्धाहरुलाई औषधि उपचार, सहिद परिवारलाई रोजगारीको व्यवस्था र वेपत्ता परिवारलाई सम्मान गर्ने निर्णय गरेको थियो ।

मन्त्री ज्ञवालीसंग भेटको अवसरमा माथि उल्लेखित निर्णय कार्यान्वयन गर्नका लागि कार्यदलले तिव्रताका साथ काम अगाडी बढाइरहेको कार्यदलका संयोजक ज्ञवालीले बताउनु भयो । उक्त काम सम्पन्न गर्नको लागि प्रत्येक जिल्लामा सिडियोको नेतृत्वमा तीन सदस्यीय जिल्लास्तरीय उपकार्यदल पनि गठन भएको बताउनु भयो । उपकार्यदलले जिल्लाबाट द्धन्द्ध पीडितहरुको नामावली संकलन गरेर केन्द्र्रीय कार्यदलको कार्यालयमा पठाउने कार्य भइरहेको पनि बताउनु भयो । सोही अवसरमा आगामी २०७८ बैशाख १ गते निज द्धन्द्ध पिडितहरुलाई फोटोसहितको सम्मान पत्र र परिचय पत्र वितरण गर्ने खुलासा गर्नु भएको थियो ।

उक्त भेटको अवसरमा तत्कालीन शिबिरबाट बहिर्गमित भएका बाल लडाकुहरुको मुद्दालाई बिशेष ध्यानमा राखेर सम्बोधन गर्ने बताउनुभयो । भेटको अवसरमा बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समिति का अध्यक्ष रमेश बसेल (करन), ईन्चार्ज असिम लिम्बू (सुनिल) सहितको पदाधिकारी लगायतको आधिकारिक संघठनले आफूलाई भेटेकोमा खुशी व्यक्त गर्दै आगामी आउने दिनहरुमा माग सम्बोधन गर्नका लागि सहकार्य गर्ने बताउनु भयो ।

 

 

उक्त संघर्ष समितिले कार्यदलका अन्य सदस्यहरु खानेपानी तथा सरसफाई मन्त्री मणी थापा र भूमि व्यवस्था सहकारी, तथा गरिबी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाम्फे लाई पनि ज्ञापनपत्रि बुझाएर ध्यानाकषर्ण गराएको छ ।

लेखक : संघर्ष समिति उपाध्यक्ष, केपी रम्मतेल (सम्राट)