सुन हिजो भन्दा आज तोलामा एक हजार घटेर किनेबेच

७ फागुन, काठमाण्डौ । नेपाली बजारमा सुनको सुनको भाउ तलमाथि हुने क्रममा आज तोलामा एक हजार रुपैयांले घटेको छ । हिजो बिहीबार ८९ हजार २ सयमा कारोबार भएकोे छापावल सुनको भाउ आज शक्रबार ८८ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुन चांदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आज तेजावी सुनका भाउ ८७ हजार ७५० रुपैयां तोकेको छ । यस्तै चांदीको प्रतितेला मूल्यमा पनि ३० रुपैयांले गिरावट आएको छ ।

हिजो बिहीबार १३३५ रुपैयां तोलामा कोरोबार भएको चांदीको भाउ १३०५ रुपैयांमा झरेको महासंघले जनाएको छ ।