आज टुंडिखेलमा बृहत् नागरिक आन्दोलनले मार्च पार्स गर्ने

७ फागुन, काठमाण्डौ । बृहत् नागरिक आन्दोलनले आज टुँडिखेल मार्च गर्न लागेको छ ।

आज दिउंसो २ बजे रत्नपार्कमा भेला भएर सहिद गेट हुंदै टुंडिखेल प्रवेश गर्ने बृहत नागरिक आन्दोलनले जानकारी दिएको छ ।

आजै नागरिक घोषणा सभाबाट विभिन्न विषय समेटिएको घोषणापत्र पनि जारी गर्ने कार्यक्रम छ ।

नागरिक अभियान्ता युग पाठकका अनुसार राज्य संयन्त्रहरू कसरी जनपक्षिय हुन सकेनन्, दलहरू जनताका आवश्यकता पूरा गर्ने साधन किन हुन सकेनन् भन्नेजस्ता विषय उल्लेख गरिएको संश्लेषण सहितको घोषणापत्र जारी गर्न लागिएको हो ।

लेखक खगेन्द्र संग्रौला, नारायण वाग्ले, सम्पदा संरक्षणकर्मी आलोकसिद्धि तुलाधर, नेपालमान डंगोल, चेपाङ संघका जितेन्द्र चेपाङ, रिता शाहलगायतले नागरिक सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।