सेल्फी एक्सपर्टको रूपमा परिचित ‘ओपो’ले नेपालको बजारमा

काठमाडौं, फागुन ६ । सेल्फी एक्सपर्टको रूपमा परिचित ‘ओपो’ले नेपालमा राम्रो बजार पाएको छ। यो चिनियाँ ब्रान्डको स्मार्टफोन हो।

ओपोको ‘ए’ र ‘एफ’ सिरिजका फोन बढी चल्तीमा छन्। कम्पनीले भर्खरै एफ सिरिजअन्तर्गत ‘ओपो–एफ१७’ र ‘ओपो–एफ१७ प्रो’ बजारमा ल्याएको छ।

ग्राहकको माग बमोजिम विशेषगरी उपभोक्तालाई रातिका समयमा पनि गुणस्तरीय फोटो दिने उद्देश्यले उक्त फोन बजारमा ल्याएको कम्पनीका पब्लिक रिलेसन म्यानेजर सुरज महर्जन बताउँछन्। उनका अनुसार यो स्मार्टफोन मध्यम मूल्यमा उपलब्ध छ।

केही महिनायता सार्वजनिक गरिएको यी फोनका कस्ता छन् विशेषता

ग्राण्डियट डिजाइन प्रयोग गरिएको यी स्मार्टफोनमा कम्पनीले ६.४३ इञ्चको डिस्प्ले दिएको छ। मोबाइलको स्क्रिन तुलनात्मकरूपमा ठूलो भएकाले उपभोक्ताले मनोरञ्जनका साथ गेम खेल्न वा मुभी हेर्न सक्छन्।

७.४५ एमएम मोटाई र १६३ ग्राम तौल भएको यो फोन सहजै पकेटमा अटाउँछ।

यसमा प्रयोग गरिएको कोरिला ग्लासले फोन झरिहाल्दा पनि हत्तपत्त फुट्नबाट बचाउँने कम्पनीले बताएको छ।

फोनमा यसमा १६ मेगापिक्सलको वाइड, ८ मेगापिक्सलको अल्ट्रा वाइड, २ मेगापिक्सलको म्याक्रो र २ मेगापिक्सलको डेप्थ क्यामरा छ। त्यस्तै १६ मेगापिक्सलको सेल्फी क्यामरा रहेको छ।

ncell in

‘ओपो–एफ१७ प्रो’मा भने कम्पनीले दुईवटा सेल्फी क्यामरा दिएको छ। जसमा १६ मेगापिक्सल र २ मेगापिक्सलको दुई लेन्स छन्। गुणस्तरीय फोटोग्राफी दिनु यस स्मार्टफोनको मुख्य विशेषता हो।

यसमा नाइट फोटोग्राफीलाई ध्यान दिएर त्यसै अनुरूपको हार्डवेयर तथा सफ्टवेयर राखिएको छ। यस फोनमा प्रयोग गरिएको एआई अल्ट्रा क्लियर ईञ्जिनले फोटोलाई गुणस्तरीय बनाउने काम गर्दछ।

फोनमा ४ हजार १५ एमएएच ब्याट्री क्षमताका साथै ३० वाटको फास्ट चार्जिङ सुविधा दिएको छ। धेरै ब्याट्री क्षमता र फास्ट चार्जिङ सुविधाले प्रयोगकर्तालाई दैनिक फोन चार्ज गरिरहनु पर्दैन।

प्रयोगकर्ताले ब्याट्री सकिन्छ कि भन्ने चिन्ता नगरी ढुक्कले चाहेका सबै एप चलाउन सक्छन्। फोन ८ जिबी र्याम र १२८ जिबी स्टोरेजमा उपलब्ध छ।

ग्राहकले यो फोन नेभीब्ल्यू र डायनामिक अरेन्ज गरी दुई भिन्न रंगमा पाउँछन्। ‘ओपो–एफ१७’ को मूल्य ३३ हजार ९ सय ९० छ भने ‘ओपो–एफ१७ प्रो’ ४३ हजार ९ सय ९० रूपैयाँ छ।