६ फागुन, काठमाण्डौ । प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले आफ्ना केन्द्रीय सदस्यहरुलाई नगारिकतासहित उपस्थित हुन निर्देशन गरेको छ । भोलिक्रबार १२ बजे पेरिस डांडामा उपस्थित हुन केन्द्रीय कार्यालयको तर्फबाट मोबाइलमार्फत खबर गरिएको छ ।
स्रोतका अनुसार प्रचण्ड नेपाल पक्षका केन्द्रीय सदस्यहरू भोली शुक्रवार निर्वाचन आयोगमा उपस्थित हुंदैछन् ।
भोलि १२ बजे भेला भएर एक बजे निर्वाचन आयोग जाने तयारी छ । हामी शशरीर उपस्थित
छौं । हामी जिउंदा मान्छेको किन गणना भएन भनेर आयोगलाई भन्ने हो । नागरिकतासहित बहुमत केन्द्रीय सदस्य आयोग पुगेर किन आधिकारिकतामा ढिलो गरेको भन्ने हो ।
नेकपाभित्रको विवादलाई आयोगले अझै टुंगो लगाइसकेको छैन । गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेसंगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहुमत केन्द्रीय सदस्यको बैठकले कारबाही गरेको छ ।
ओलीको ठाउंमा वरिष्ठ नेता माधव कुमार नेपाल अध्यक्ष बनेका छन् । विवाद बढेसंगै प्रचण्ड-नेपाल पक्षले ओलीलाई कारबाही गरेको र ओली पक्षले १५ सय १ जनाको केन्द्रीय कमिटी बनाएको पत्र आयोगमा पठाएको थियो ।
तर आयोगले माघ ११ गते दुवै पक्षको निर्णयलाई आधिकारिकता नदिने जानकारी गराएको थियो । आयोगले ४ सय ४१ जनाको केन्द्रीय कमिटीलाई भने मान्यता दिएको छ ।
प्रचण्ड नेपाल पक्षले माघ २० गते निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दावी गर्दै निवेदन दिएका थिए । नेकपाका ४ सय ४१ केन्द्रीय सदस्यमध्ये २ सय ७३ जनाको हस्ताक्षर रहेको प्रचण्ड-नेपाल पक्षधरको दावी छ ।
तर आयोगले अहिलेसम्म यस विषयमा निर्णय गरेको छैन ।