Breaking News

नेकपा प्रचण्ड-माधव समूहको टुंडिखेल घेराउ मानव साङ्लो

६ फागुन, काठमाण्डौ । प्रधानमन्त्रीले पुस ५ गते प्रतिनिधि सभा विघठन गरे पछि दुई धारमा बिभाजित भएको नेकपा प्रचण्ड-माधव समूहले आज प्रतिनिभिसभा बिघठन, महंगी र भ्रष्टाचार विरुद्ध चौथो चरणको आन्दोलन अन्तर्गत सो समूहले काठमाडौको टुंडिखेलमा मानव साङ्लो प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमको विपक्ष तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सांकेतिक रुपमा मानव साङ्लो बनाएर विरोध गरिएको नेकपा नेताहरुले बताएका छन् ।

मानव साङ्लोका लागि केन्द्रीय तहका नेताका साथै विभिन्न जनवर्गीय संघठनका नेता कार्यकर्ता सहभागी थिए ।

मानव साङ्लोमा सहभागीहरुले ‘प्रतिनिधि सभाको असंवैधानिक विघटन खारेज गर, प्रतिगमन रोक्छौं रोक्छौं,बढ्दो महंङ्गी नियन्त्रण गर, ओली जहां भ्रष्टाचार त्यहां’ जस्ता नारा लेखिएका पम्प्लेटहरु शरीरमा टांसेर मानव साङ्ेगलोमा लामबद्ध भएर सहभागी भएका छन् ।