Breaking News

मेरो अदालत प्रधनमन्त्रीको धम्कीसँग नडराओस्’ मेरो कुरा पनि नसुनोस्, प्रचण्ड र केपी ओलीको सभा पनि नहेरोस्, केबल संविधान मात्र हेरोस्

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक संसद बिघठनको बिरुद्धमा सडक आन्दोलनमा रहेको नेपाली कांग्रेसले आज देशैभरी बिरोध कार्यक्रम गरेको
छ । आज चितवनको भरतपुरमा आयोजित बिरोध सभालाई बोल्ने क्रममा नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सर्वोच्चले ‘अदालत मिलाउन सम्भव छैन’ भन्ने सन्देश दिन सक्नुपर्ने बताएका छन् ।

सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीले सनकको भरमा संसद भंग गर्न नपाउने बताए । कांग्रेसले संसद विघटनलाई असंवैधानिक भनेको भन्दै उनले अदालतले पढ्ने संविधान पनि त्यही भएको बताए ।

मेरो अदालत प्रधनमन्त्रीको धम्कीसँग नडराओस्’ उनले भने, ‘मेरो कुरा पनि नसुनोस्, प्रचण्ड र केपी ओलीको सभा पनि नहेरोस् । केबल संविधानमात्र हेरोस् ।

प्रधानमन्त्रीले मेरो सनकलाई अदालतले सदर गर्छ, मैले सबै मिलाएको छु भन्ने सन्देश दिएको भन्दै थापाले भने, ‘अदालतले देखाइदेओस्, तपाईले राष्ट्रपति मिलाएको जस्तो नेपालको अदालत मिलाउन सम्भव छैन भनोस् ।