श्री भोर्ले शिला महिला सहकारी र महिला आवाज

१ फागुन, पर्वत । पर्वत जिल्लाको दक्षिण पैयु भोर्ले मा श्री भोर्ले शिला महिला बचत तथा ऋृण सहकारी सस्था लिमिटेड को तेस्रो साधारण सभा आज सम्पन्न भएको छ ।

श्री भोर्ले शिला महिला बचत तथा ऋृण सहकारीमा जम्मा ३५१ सदस्यहरु रहेकाछन् । २०७४ सालमा स्थापित सहकारी सस्था हो । यो सहकारी शिक्षित तथा अशिक्षित सबै वर्गका महिलाहरु समाबेश भएर स्थापना गरिएको हो । कुनै राजनैतिक पहुंच नभई सबै समान अधिकार भन्ने नारा सहित अगाडी बढेको सहकारी हो । सहकारीलाई सहयोग गर्नेहरु संस्थाहरु प्लान नेपाल र इन्प्रेड नेपालको ब्यवस्थापनले आर्थिक सहयोग गरेको छ । त्यस्तै पयौं गाउपालिका वडा कार्यालयले सरसल्लाह का साथै भवनको ब्यवस्था समेत गरेको छ ।

तेस्रो साधारणा सम्पन्न गर्दै गर्दा सहकारीले आगामी दिनमा पयौं गाउपालिकाबाट समेत सहयोगको अपेक्षा गरेको छ । तेस्रो साधारण सभामा महिला दिदीबैनीहरु उपस्थित भई महिलाको समसामयिक समस्याको कुरालाई कसरी समाधान गर्ने भनेर छलफल समेत गरिएको थियो । विभिन्न समय परिस्थितिमा महिलालाई कसरी सुरक्षित बनाउने र बलत्कारीलाई फांसिको सजाय दिनुपर्छ भन्ने बिषयमा समेत छलफल भई महिला आफै पनि चरित्र निर्माण गर्न तत्पर हुनुपर्छ भन्ने कुरा समेत छलफल भएको थियो ।

महिलाहरुलाई सभ्य र राम्रो बोली बोल्न सिकाऊ, गाउंगाउंमा अस्लिल बोली सुनिन्छ महिला पुरुष र अन्य बाट यसमा पनि ध्यान दिएर सभ्य बोल्न सिकाऊ र आफ्नो आम्दानीबाट फुल्न सिकौ अरुको परिश्रममा डाहा गर्न नसिकौ । चाहे उनिहरु खुट्टा देखी सिरसम्म सुन फलाउन सकुन । आफ्नो मेहनेतको कदर गर्नु हाम्रो कर्तब्य हो हामी अरुको पसिनाको मुल्यको अवमुल्यन गरेर सुन लगाउदैनौ झुम्का, टप, छड्के र माइली तिलहरी को रहरमा । आफ्नै मेहनतमा खुट्टादेखि सिरसम्म सुन फलाउन चाहन्छौं । रीस,रास गर्नेहरु आफ्नो मेहनेत गरेर देखाउ र मेहनेतको कदर गर, भन्ने कुरा सिकौ ।

हुनपनि महिला शिक्षा र समानता घरबाट नै सुरु हुनुपर्छ । समाजमा शिक्षालाई भन्दा नि पैसालाई सम्मान गर्ने चलन हटाएर शैक्षिक सल्लाहलाई मध्यनजर गरौ । कसले राम्रो भन्छ भन्ने कुराहरुलाई मनन् गरी राम्रो सल्लाह पनि गलत नमानौ, पैसा भन्दा सुझाब र पथ देखाउने असल हुन्छन् भन्ने कुरा सदैब सबै महिलाले बुझौ ।