आज थप ५७ जना कोरोना भाइरसका संक्रमित पुष्टि

१ फागुन, काठमाण्डौ । आज मुलुकभरमा थप ५७ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर एक हजार ९०० जनाको पिसिआर परीक्षण भएकामा २७ महिला र ३० पुरुष गरी ५७ जनामा कोरोना पुष्टि भएको हो । आज काठमाडौ उपत्यकामा १७ महिला र १४ पुरुष गरी ३१ सङ्क्रमित भेटिएका छन् ।

हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल संख्या दुई लाख ७२ हजार ६१४ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म २१ लाख १३ हजार ५४९ जनाको पिसिआर परीक्षण गरिएको छ ।

गत २४ घण्टामा थप १३३ जना सङ्क्रमणमुक्त भएसगै हालसम्म दुई लाख ६८ हजार ९२९ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना निको भएको दर ९८ दशमलव ७ प्रतिशत रहेको छ ।

गत २४ घण्टामा कोही पनि सङ्क्रमितको मृत्यु भएको छैन । कोरोनाबाट हालसम्म दुई हजार ५४ जनाएको मृत्यु भएको छ । पांच सय भन्दा बढी सङ्क्रमित भएको जिल्ला काठमाडौ मात्र छ । शुन्य सङ्क्रमित भएका जिल्ला इलाम, भोजपुर, संखुवासभा, सोलुखुम्बु, मुस्ताङ, मुगु, पश्चिम रुकुम र अछाम रहेका छन् । हाल देशभर संस्थागत आइसोलेशनमा ९८२ छन् । सघन उपचार कक्षमा ५६ जना र भेन्टिलेटरमा १७ जना सङ्क्रमितको उपचार भइरहेको छ ।