१ फागुन, बुटवल । सत्ताधारी नेकपा ओली पक्षको बुटवलमा जारी सभामा ओली पक्षमा अध्यक्ष एवं पार्टी प्रधानमन्त्री ओलीले सभामा बोल्ने क्रममा नेकपाको प्रचण्ड(माधव र ओली समूहबीच कसको आसमभा ठूलो भन्ने जुहारी कायमै राखेका छन् । शनिबार बुटवलमा आयोजित सभामा अध्यक्ष प्रचण्डलाई जनसमर्थन कस्तो हुन्छ हेर्न बुटवलमा आउन आग्रह गरेका
छन् ।
देशभरबाट जम्मा गरेको अलिकति मान्छे देखेपछि जनसभा हेर्न आऊ भनेर आफूलाई भनेको भन्दै उनने भने, ‘आज म देशभरीको होइन, लुम्बिनी प्रदेशको वुटबलमा आयोजित सभा हेर्न आउन आग्रह गर्न चाहन्छु । जसहभागिता कस्तो हुन्छ, हेर्नुस् ।
२८ माघमा काठमाडौंमा भएको जनसभामा प्रचण्ड(माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आसमभा कस्तो हुन्छ देख्नुभयो भनेर प्रश्न गरेका थिए ।
उसो त कसको ठूलो आससभा भन्ने जुहारी प्रधानमन्त्री ओलीले सुरु गरेका थिए । संसद विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड(माधव समूहले ९ माघमा आमसभा गरेकै दिन ओलीले आमसभा कस्तो हुन्छ २३ गते देखाउने बताएका थिए ।
त्यही घोषणा अनुसार ओली समूहले २३ माघमा काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो । तर नेकपाकै प्रचण्डमाध समूहले माघ २८ गते काठमाण्डौमा शक्ति प्रदर्शन गरेपछि त्यसका खिलापमा ओली आज बुटवलमा शक्ति प्रदर्शन गरेका छन् ।